काठमाडौँ – तुलसा कलेक्सनका नाममा ठगी गर्ने तुलसी अधिकारी थाइल्यान्डमा पक्राउ परेकी छन् । अन्तर्राष्ट्रिय प्रहरी सन्जाल इन्टरपोलको सहयोगमा पक्राउ परेकी उनलाई शनिबार काठमाडौँ ल्याइएको जिल्ला प्रहरी ललितपुरका एसपी गौतम मिश्रले बताए ।उनीविरुद्ध जिल्ला अदालत, ललितपुरमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा विचाराधीन छ । उनलाई अहिले केहीबेरमा अदालतमा लगिने एसपी मिश्रले बताए ।





प्रतिक्रिया दिनुहोस्