Skip to content

प्रधानमन्त्रीले भने – सरकारको ध्यान आत्मविश्वास बढाउने भन्दा पनि पैसा बढाउनेमा छ

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले आफू नेतृत्वको सरकारको ध्यान पैसा बढाउनेतिर रहेको जानकारी गराएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले देशमा उत्पादन भएका चिज विभिन्न राष्ट्रमा निर्यात गर्न पाउनेगरी लागेको जिकिर गरे । ‘हामीले निर्यात गर्ने विषयवस्तुहरूमा लाग्ने करहरू अहिले छुट पाइन्छ । हामी निर्यातमुखी हुनुपर्छ,’ उनले भने, ‘देशमा उत्पादन भएका चिज विभिन्न राष्ट्रमा निर्यात गर्न पाउँ भन्ने हिसाबले दुई वर्षका लागि टारेका हौं ।’

अहिले देशमा आत्मविश्वास बढाउने भन्दा पनि देशलाई पैसा चाहिएको उनले बताए । ‘अहिले देशमा आत्मविश्वास बढाउने भन्दा पनि देशलाई पैसा चाहिएको छ, पैसा बढाउनेतिर ध्यान गएको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्