Skip to content

विपक्षीको विरोधकाबीच प्रतिनिधिसभा नियमावली बहुमतले पारित

काठमाडौं – विपक्षी दलहरूको नाराबाजीबीच प्रतिनिधिसभाले नयाँ प्रतिनिधिसभा नियमावली बहुमतले पारित गरेको छ। नियमावलीमा सांसदहरूको विशेषाधिकारसम्बन्धी व्यवस्था समेटिएपछि विपक्षी दलहरूले विरोध जनाएका थिए । नियमावलीको नियम २५९ अनुसार सभा, समिति र सांसदको हकमा यो नियमावली विशेष कानुनसरह लागू हुने व्यवस्था गरिएको छ। साथै यसको व्याख्या गर्ने अधिकार सभामुखलाई दिइएको छ र यससम्बन्धी विषय अदालतमा चुनौती दिन नपाइने उल्लेख गरिएको छ । विपक्षी दलहरूले भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणजस्ता मुद्दामा सांसदलाई विशेष छुट दिने व्यवस्था भएको भन्दै संशोधन प्रस्ताव दर्ता गरेका थिए। तर सभामुख डोलप्रसाद अर्याल ले संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्दै नियमावली पारित गराएका हुन् ।

नियमावली पारित गर्ने क्रममा संसद्मा सत्तापक्ष र विपक्षी सांसदबीच चर्काचर्की तथा घम्साघम्सीसमेत भएको थियो। विरोधका कारण बैठक केही समय स्थगित भए पनि पुनः बसेको बैठकले बहुमतका आधारमा नियमावली पारित गरेको घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्