Skip to content

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

काठमाडौं – टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान भएकी छन् । जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले अधिकारीलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएकाे हाे । उनलाई नख्खु कारागार लगिने जिल्ला प्रहरी प्रमुख एसएसपी होबिन्द्र बोगटीले बताए ।

कुमार चिमोरियाको जाहेरीले नेपाल सरकार वादी रहेको उक्त मुद्दामा टिकटकर अधिकारी, अशोककुमार अग्रवालसहित १० जना प्रतिवादी छन् । उनीहरुका विरुद्ध आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध र सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) समेतको कसुरमा मुद्दा चलेको हो । चिमोरियाले २०८२ साउन २४ गते ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोपसहित जाहेरी दिएका थिए । साथै, टिकटकर अधिकारीको २१ करोड सम्पत्तिको स्रोत नखुलेका कारण सम्पत्ति शुद्धीकरण मुद्दा चलाइएको छ ।

२०८२ भदौदेखि फरार उनी चीन हुँदै थाइल्याण्ड पुगेपछि शुक्रबार अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल इन्टरपोलको सहयोगमा पक्राउ परेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्