काठमाडौं – नेकपा एमालेमा पार्टी पुनर्गठनको बहस चर्किएको छ। उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पुनर्गठनको पक्षमा खुलेर उभिएका छन् । अध्यक्ष केपी शर्मा ओली ले कार्यशालामा अहिले पुनर्गठनभन्दा एकताको आवश्यकता रहेको बताएका थिए। तर पौडेल र पोखरेलले चुनावी परिणामलाई आत्मसात गर्दै पार्टीलाई पुनर्गठन र पुनर्जागृत गर्नुपर्नेमा जोड दिएका छन् । यसअघि सचिवालय बैठकले पुनर्गठनसम्बन्धी सुझाव दिन रामबहादुर थापा को नेतृत्वमा १५ सदस्यीय कार्यदल गठन गरिसकेको छ। कार्यशालाका अधिकांश समूहले पनि पार्टी रूपान्तरण र पुनर्गठनको आवश्यकता औंल्याएका छन् ।





प्रतिक्रिया दिनुहोस्