Skip to content

पाँचदिने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्किंदै रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्किंदै छन् । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी जेठ १८ गते भारत भ्रमणमा गएका थिए। भ्रमणका क्रममा उनले नरेन्द्र मोदी, एस जयशंकर, अमित शाह लगायत भारतीय नेताहरूसँग भेटवार्ता गरेका थिए ।  रविले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरसँग पनि भारतमै भेट गरेका थिए । भ्रमण टोलीमा रास्वपाका सहमहामन्त्री तथा सांसद विपिनकुमार आचार्य, सांसद दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी थिए । रास्वपा प्रवक्ता मनिष झाका अनुसार टोली आज स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्