काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल आज भारत भ्रमणमा जाँदै छन् । परराष्ट्र मन्त्रालयका अनुसार भारतका विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा नयाँदिल्ली जान लागेका खनालले समकक्षीसँग द्विपक्षीय हितका विषयमा छलफल गर्नेछन् । उनले भारतका अन्य उच्चपदस्थ नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धका विविध आयाम, सीमा समस्या तथा दुई देशका साझा सरोकार र प्राथमिकताका विषयमा विस्तृत छलफल हुने बताइएको छ ।
परराष्ट्र मन्त्रालयले खनालको भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।





प्रतिक्रिया दिनुहोस्