Skip to content

प्रधानमन्त्रीले उचित समयमा विदेश भ्रमण सुरू गर्नुहुन्छ- परराष्ट्र मन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन शाहले उचित समयमा विदेश भ्रमण गर्ने बताएका छन् । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनालले आइतबार दिउँसो दिल्लीस्थित नेपाली दूतावासमा गरेको पत्रकार सम्मेलनमा एक पत्रकारले प्रधानमन्त्रीको भारत र विदेश भ्रमणबारे प्रश्न सोधेका थिए । जबाफमा मन्त्री खनालले आर्थिक वर्षको अन्त्यतिर सरकार गठन भएको र छोटो समयमा नागरिकले महशुस गर्ने गरी काम गर्नुपर्ने जिम्मेवारी सरकारले बजेट ल्याउनुपर्ने समय थियो । जनताले यति धेरै मत दिनुभएकाले छोटो समयमा परिणाम देखिने गरी काम गर्नुपर्ने अवस्था छ । अहिले सरकारको हनिमुन पिरियड पनि सकिएको छैन । काम गरेर देखाउन प्रधानमन्त्री प्रतिबद्ध हुनुहुन्छ,’ उनले भने । यद्यपि आवश्यक समयमा प्रधानमन्त्रीले भारत भ्रमण गर्ने उनले बताए । ‘तर उचित समय आएका बेला उहाँले भ्रमण सुरू गर्नुहुन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्