Skip to content

दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय

काठमाडौँ – नवनियुक्त गृहमन्त्री सुधन गुरुङले दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने निर्णय गरेका छन् । मंगलबार गृहमन्त्री गुरुङले १९ जेठ २०५८ सालमा भएको दरबार हत्याकाण्डबारे थप छानबिन गर्ने निर्णय गरेका हुन् । गृहमन्त्री गुरुङले पदभार सम्हाल्दै आफूमाथि जस्तोसुकै आरोप लगाइए पनि थेग्नसक्ने तर नेपाली चेलीलाई दुःख दिएको सहन नसक्ने बताएका छन् । उनले आफूमाथि तथ्यबिना नै आरोप लगाएको दाबी गरे । मिडिया ट्रायलकै कारण कोही व्यक्तिले आत्महत्या गर्ने अवस्था नहोस् भन्ने उनको माग छ ।

त्यसैगरी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अझै बलियो बनाउने र छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगो लगाउने हरेक फाइल खोल्ने निर्णय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्