काठमाडौं – रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । यसअघि सभापति रहेका डा. अच्युत लामिछाने सहित तीन जना उम्मेदवारलाई पराजित गर्दै अर्याल निर्वाचित भएका हुन् । निर्वाचित अर्यालले ४१६ र डा. लामिछानेले ४१४ मत पाए ।अर्याल निवर्तमान समितिमा प्रवक्ता थिए । सभापति पदमा अर्याल र लामिछाने सहित हरिबहादुर खत्री र कृष्णमान श्रेष्ठ पनि प्रतिस्पर्धामा थिए । रास्वपाको बागमती प्रदेश अधिवेशन जेठ २६ गते हेटौँडामा उद्घाटन भएको थियो । नेतृत्वमा सहमतिको प्रयास सफल नभएपछि निर्वाचन गरिएको थियो । निर्वाचन प्रक्रिया शनिबार काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा भएको थियो ।




प्रतिक्रिया दिनुहोस्