काठमाडौँ – रास्वपा सुदूरपश्चिम प्रदेश सभापतिमा प्रकाश विष्ट निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचनमा उनी ३५८ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी जनक सिंह धामीले १५४ मत पाएको रास्वपा सुदूरपश्चिमले जनाएको छ । नवनिर्वाचित सभापति विष्ट यसअघि रास्वपा सुदूरपश्चिम प्रदेशको तदर्त समितिका सभापति थिए । सुदूरपश्चिम कार्यसमितिका अन्य पदहरुको निर्वाचन भने आजै दिउँसो २ बजेपछि निर्वाचन हुनेछ । रास्वपाको सुदूरपश्चिम प्रदेश अधिवेशन सोमबारदेखि सुरु भएको थियो ।




प्रतिक्रिया दिनुहोस्