काठमाडौँ – चितवनमा असार ७ देखि तय भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन प्रतिनिधिले जनही ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ । रास्वपाको निर्वाचन आयोगले प्रतिनिधि शुल्क ५ हजार तोकेको र महाधिवेशनमा संख्या तीन हजार हाराहारीमा प्रतिनिधि रहने जनाएको छ । यस्तै पर्यवेक्षकलाई सात हजार तय गरिएको छ। यसैबिच शुल्क महँगो भएको भन्दै पार्टीभित्र गुनासो समेत देखिएको छ । रास्वपाका एक नेताले शुल्क महँगो भएको धेरै प्रतिनिधिको गुनासो रहेको बताए ।




प्रतिक्रिया दिनुहोस्