काठमाडौँ – संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न र जिज्ञासाको सम्बन्धित मन्त्रीहरूले जवाफ दिन कार्यसूची रहेकाे संघीय संसद सचिवालयले जनाएकाे छ ।
बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा विनियोजन विधेयक २०८३ लाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले विनियोजन विधेयकलाई पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । त्यसअघि विनियोजन विधेयकअन्तर्गत शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ ।
संसद सचिवालयका अनुसार रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन् । बैठकमा सभामुख डीपी अर्यालले विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमा सांसदहरू मोहमद इस्तियाक राई, कृपाराम राना, युवराज दुलाल, पार्वती विक, एशुदा कुमारी बराल, जोगकुमार बरबरिया यादव, गुरूप्रसाद बराल सन्तोष सुब्बा, नीता घतानी, परशुराम तामांगले गरेको खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेकाे संसल सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए । बैठकमा अर्जुनकुमार कार्की, नरेन्द्रकुमार केरुङ, रमेशकुमार मल्ल, साजिदा खातुन सिद्धिकी, बलावती शर्मा, विष्णुमाया विक, यज्ञबहादुर बोगटी, ऐनबहादुर महर, माननीय पुष्पराज कँडेल र पद्माकुमारी अर्यालले गरेको खर्च कटौतिका प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।




प्रतिक्रिया दिनुहोस्