Skip to content

अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने

काठमाडौँ। प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने भएको छ । हालसम्म एकीकृत रूपमा पोसाक खरिदका लागि टेन्डर हुँदै आएकोमा अब नगद दिने व्यवस्था गर्न लागिएको गृहमन्त्री सुधन गुरुङले जानकारी दिए।  गृहमन्त्री गुरुङले बिहीबारको प्रतिनिधि सभा बैठकमा भने,‘प्रहरीको पोसाकको विषयमा टेन्डर हुने र यसमा धेरै भ्रष्टाचार हुने कुरा देखिएको छ । अब यसको सट्टा हामी नगद नै दिने तयारी गरिरहेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्