Skip to content

राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा गर्ने प्रस्ताव

काठमाडौं – काठमाडौंमा आज बसेको पार्टी केन्द्रीय समिति बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले मंसिर २६, २७ र २८ गते महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् । उनले यही समयसीमामा महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिँदै अब मिति सार्ने वा ढिलाइ गर्ने अवस्था स्वीकार्य नहुने बताएका छन् । लिङ्देनले विभिन्न समूहगत मतभेदलाई ध्यानमा राख्दै महाधिवेशन प्रक्रिया अनावश्यक रूपमा लम्ब्याउन नहुने धारणा पनि राखेका थिए । पार्टीभित्रको संगठनात्मक तयारीलाई समयमै निष्कर्षमा पुर्‍याएर महाधिवेशन सम्पन्न गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्