Skip to content

देखाइयो रातो मच्छिन्द्रनाथको भोटो

काठमाडौँ – ललितपुरको जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा मनाइएको छ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्राको समापनका अवसरमा आयोजना गरिने भोटो जात्रामा परम्पराअनुसार बहुमूल्य भोटो सर्वसाधारणलाई प्रदर्शन गरिएको छ । मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएको चौंथो दिन शनिबार भोटो देखाएर जात्रा मनाइएको हो । भोटो अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै प्रधानमन्त्री बालेन शाहलगायतका उच्च पदस्थ व्यक्तिहरू पुगेका थिए । मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्