काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको भव्य उद्घाटन भयो । पार्टीको पहिलो महाधिवेशनको ऐतिहासिक क्षणको साक्षी बन्न चितवनमा हजारौं कार्यकर्ता र समर्थकहरूको उपस्थित थिए । स्थापनाको चौथो वर्ष मनाइँरहँदा झन्डै दुई तिहाई बहुमतसहितको सत्तारूढ दलका हैसियत बनाएको रास्वपाका लागि पहिलो महाधिवेशन धेरै कारणले महत्त्वपूर्ण रहन्छ । त्यो महत्त्वपूर्ण घडीमा पार्टीका प्रायः सम्पूर्ण पदाधिकारी, केन्द्रीय सदस्यदेखि सांसदसम्म उपस्थित छन् । महाधिवेशन प्रतिनिधि नभएकाहरू पनि उद्घाटन समारोहमा उपस्थित भएर प्रधानमन्त्री बालेन, सभापति रवि र अन्य दलका प्रतिनिधिहरूलाई सुने ।
यही महत्त्वपूर्ण घडीमा रास्वपाका चर्चित सांसद भने अनुपस्थित रहे । सर्लाही-४ मा कांग्रेस सभापति गगन थापालाई हराएका सांसद अमरेशकुमार सिंह पार्टीको महाधिवेशनको उद्घाटनमा देखिएनन् । सिंह महाधिवेशनमै सहभागी नभएको उनका स्वकीय रञ्जित झाले जानकारी दिए। उनका अनुसार सांसद सिंह काठमाडौंमै छन् । ‘अहिले उहाँ काठमाडौंमै हुनुहुन्छ। महाधिवेशनमा सहभागी हुनुभएको छैन। किन नजानुभएको थाहा भएन,’ झाले भने । सिंहले पार्टीभित्र केही समयदेखि फरक मत राख्दै आएका छन्। सार्वजनिक रूपमै पनि उनले असन्तुष्टि पोखेका थिए। संसदमा पनि उनले सरकारको काम कारबाहीबारे असन्तुष्टि पोखेका थिए ।




प्रतिक्रिया दिनुहोस्