काठमाडौँ – मनिष झा ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ पदाधिकारी चयनमा महामन्त्री पदका लागि आफ्नो आकांक्षा सार्वजनिक गरेका छन् । चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशन स्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै झाले आफू महामन्त्री पदका लागि प्रतिस्पर्धा गर्न तयार रहेको बताएका हुन् ।
उनले परिणाम जे आए पनि आफू चुनावी प्रतिस्पर्धामा उत्रिन तयार रहेको उल्लेख गर्दै नेतृत्वमा अनुभवको आवश्यकता रहेको धारणा राखे। महाधिवेशनको व्यवस्थापनलाई उदाहरण दिँदै उनले पार्टीको आगामी यात्राका लागि अनुभवी नेतृत्व आवश्यक रहेको बताएका छन् । झाले हालसम्म पार्टीभित्र निर्वाह गरेको जिम्मेवारीका आधारमा आफूले महामन्त्री पदको जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्न सक्ने विश्वास व्यक्त गरे । उनका अनुसार साथीभाइ तथा पार्टीभित्रका व्यक्तिहरूले पनि उनलाई सोही पदमा अघि बढ्न सुझाव दिएका छन् । उनले आगामी राजनीतिक यात्रामा चुनौतीहरू स्वाभाविक हुने उल्लेख गर्दै ती चुनौती सामना गर्न आफू तयार रहेको बताए ।




प्रतिक्रिया दिनुहोस्