Skip to content

सबै काण्डका फाइल खोल्नुस्, कांग्रेसकै नेता परे जोगाउन खोज्दैनौं- गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले भ्रष्टाचार र अनियमिततासम्बन्धी सबै फाइल खोल्न सरकारलाई आग्रह गरेका छन् । मंगलबार झापाको बिर्तामोडमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति थापाले भ्रष्टाचार वा अनियमिततासम्बन्धी सबै फाइल खोल्न सरकारलाई आग्रह गर्दै दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने बताए । ‘सबै फाइल खोल्नुस्, दोषीमाथि कारबाही हुनुपर्छ भन्नेमा कांग्रेस प्रष्ट छ,’ सभापति थापाले भने ‘तर, अनुसन्धान कानुनी प्रक्रिया र विधिको शासनभित्र रहेर हुनुपर्छ । लहडका भरमा हुनुहुन्न । सबै फाइल खोल्नुस्, सबै काण्डको अनुसन्धान गर्नुस् । त्यसमा कांग्रेसका नेता परे भने पनि हामी जोगाउन खोज्दैनौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्