Skip to content

रास्वपाको सभापतिमा रवि लामिछाने निर्वाचित

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सभापतिमा रवि लामिछाने निर्वाचित भएका छन् । एकल उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । लामिछाने रास्वपाका संस्थापक सभापति हुन् । पहिलो महाधिवेशनमा उनलाई निर्विरोध सभापति बनाउने समझदारी जुटेको थियो । सोहीबमोजिम उनी सभापतिमा दोहोरिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्