Skip to content

रास्वपा महाधिवेशन नसिकएको कारण संसद बैठक फेरि सारियो

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन नसकिँदा प्रतिनिधि सभा बैठक प्रभावित भएको छ । प्रतिनिधि सभाको बैठक मिति दुई पटक सारिसकिएको छ । आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक तय गरिए पनि रास्वपा महाधिवेशन नसकिएकोले बैठक मिति सारिएको हो । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार शनिबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।

‘मन्त्रीहरू तथा सांसदहरू चितवनमै हुनुहुन्छ, बैठक भोलि बिहानसम्मका लागि स्थगित गरिएको छ,’ उनले भने । रास्वपा प्रथम महाधिवेशन चितवनको भरतपुरमा असार ७ गतेदेखि जारी छ । ९९ केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन् । पदाधिकारी भने निर्वाचन हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्