Skip to content

जिप दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानाको मृत्यु

बुटवल – प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सवारी दुर्घटनामा मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्लास्थित सडक खण्डमा स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु।प्र।०१–००१ झ ०००८ नम्बरको नगरपालिकाको बोलेरो पिकअप जिप दुर्घटना हुँदा उपप्रमुख राना मगरको मृत्यु भएको हो । प्रहरीका अनुसार उपप्रमुख राना आफैंले जिप चलाइरहेका बेला सवारी साधन सडकबाट तल खसेर दुर्घटनामा परेको थियो ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका डीएसपी नरहरि अधिकारीले उपप्रमुख राना नगरपालिकाको सवारी साधन लिएर अनुगमनका लागि निस्किएका बेला दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको बताए । घटनास्थलमा प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा टोली पुगिरहेको डीएसपी अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्