Skip to content

‘क्रमभंग’ बिना परिवर्तन सम्भव छैन, एकै ठाउँमा बस्ने नेता अघि बढ्दैनन् :  प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले आफूलाई विभिन्न कोणबाट विश्लेषण गर्ने र त्यसका आधारमा फरक–फरक चित्र बनाइने गरेको बताएका छन् । नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले आफूले उठाउने ‘क्रमभंग’ को अवधारणालाई कतिपयले गलत रूपमा बुझ्ने गरेको टिप्पणी गरे । प्रचण्डले प्रकृति, समाज र मानव समाजको विकास निरन्तरतासँगै क्रमभंगको प्रक्रियाबाट अघि बढ्ने भन्दै परिवर्तनलाई स्वीकार नगर्ने नेतृत्वले गन्तव्य हासिल गर्न नसक्ने बताए । उनले एकै विचार र शैलीमा अडिएर बस्ने नेताहरूको आलोचना गर्दै परिस्थितिअनुसार विचार र कार्यदिशा परिवर्तन गर्न सक्ने क्षमता कम्युनिस्ट आन्दोलनका लागि आवश्यक रहेको धारणा राखे ।उनका अनुसार वर्तमान परिस्थितिअनुसार राजनीतिक सोच र अभ्यासलाई अद्यावधिक गर्नुपर्ने आवश्यकता रहेको छ। साथै उनले आफू एकताका लागि हतारिएको नभई परिस्थितिको मूल्यांकन गर्दै अघि बढ्ने पक्षमा रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्