काठमाडौँ – हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ । बिहीबार बिहान बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घन्टामा कञ्चनपुरको दोधारामा १७.४ मिलिमिटर र हनुमाननगरमा १२.४ मिलिमिटर वर्षा भएको छ ।
नुवाकोटको त्रिशूलीमा १५.८ मिलिमिटर वर्षा भएको छ । पछिल्लो चौबीस घन्टामा सातै प्रदेशमा वर्षा भएको छ। सबैभन्दा बढी दोधारामा १४९.६ मिलिमिटर र कपिलवस्तुको वनगंगामा ११७.६ मिलिमिटर वर्षा भएको छ भने काठमाडौंको नागार्जुनमा ४६.६ मिलिमिटर वर्षा भएको छ। अन्य भूभागमा हल्कादेखि मध्यम वर्षा भएको छ । बिहीबार दिउँसो पनि देशभर साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ । दिउँसो देशको हिमाली र पहाडी भू-भागको केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशको तराई भू-भागका पनि केही स्थानमा, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मधेश प्रदेश र कोशी प्रदेश तराईको एक-दुई स्थानमा पनि मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ । बिहीबार राति पनि देशभर साधारणतया बादल लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । राति नै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका साथै देशको पहाडी भू-भागका केही स्थान, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका थोरै स्थानमा तथा कोशी र मधेश प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी प्रदेशको पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्