काठमाडौँ – प्रतिनिधि सभा बैठकको प्रत्यक्ष प्रसारण अवरूद्ध भएको छ । इन्टरनेट सेवा प्राविधिक कारणले प्रभावित हुँदा बैठकको प्रत्यक्ष प्रसारण भने हाल अवरुद्ध रहेको संघीय संसद सचिवालयले जनाएको छ । सचिवालयका सहसचिव दशरथ धमलाले मर्मत कार्य भइरहेकाले चाँडै प्रत्यक्ष प्रसारण सञ्चालन हुने जानकारी दिए।
बैठक ११ बजेदेखि बसिरहेको छ । सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, सार्वजनिक खरिद विधेयक, सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण विधेयक, सहकारी विधेयक र स्वास्थ्य विज्ञन प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित गर्ने कार्यसूची छ ।



प्रतिक्रिया दिनुहोस्