Skip to content

गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत रावल नियुक्त

काठमाडौँ – गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत रावल नियुक्त भएका छन् । कैलालीका रावललाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गोरखापत्रको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  रावल हाल बीबीसी नेपाली सेवामा कार्यरत थिए । उनले लामो समय सुदूरपश्चिमबाट मूलधारका सञ्चारमाध्यममा रिपोर्टिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्