Skip to content

कर्णाली नदीमा बेपत्ता गाडी र यात्रुको खोजीको सशस्त्रको गोताखोर परिचालन

सुर्खेत – दैलेख को चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा गाडी दुर्घटना भई बेपत्ता गाडी तथा यात्रुको खोजीकार्यको लागि सशस्त्र प्रहरी बलको गोताखोर परिचालन भएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं। ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट आज दिउँसो करीव १ः३५ बजे  ६ जना गोताखोर सहितको थप टोली परिचालन गरिएको हो । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी गति अनियन्त्रित भई सडकबाट अन्दाजी ६र७ सय मिटर तल कर्णाली नदीमा खसेको थियो । असार १८ गते बिहान ११ः३० बजे दुर्घटना भएको खबर पाउनासाथै उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलबिद्युत आयोजना सुरक्षा बेश र प्रहरी चौकी पाल्तडाबाट उद्धार टोली खटिएको  सह प्रबक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । साथै दुर्घटनास्थलबाट करीव ४ सय मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुष व्यक्तिको शव निकालिएको छ ।

प्रतिक्रिया दिनुहोस्