काठमाडौँ – ललितपुरको महालक्ष्मी नगरपालिका–२, इमाडोलस्थित सार्वजनिक स्थलमा एक महिलासामु गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा ५५ वर्षीय सुरेन्द्र भट्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार बैतडीको पाटन नगरपालिका–७ स्थायी घर भई हाल महालक्ष्मी–२ मा बस्दै आएका भट्टलाई पीडित महिलाले घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि प्रहरी वृत्त सातदोबाटोको टोलीले पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानका क्रममा भट्ट सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत रहेको खुलेको प्रहरीले जनाएको छ। हाल उनलाई प्रहरी वृत्त सातदोबाटोको हिरासतमा राखी सार्वजनिक स्थलमा अश्लील तथा अभद्र व्यवहारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्