Skip to content

प्रधानमन्त्री शाह र एडीबी अध्यक्ष कान्डाबीच भेटवार्ता

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह र एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा द्विपक्षीय भेटवार्ता भएको हो  । चैत १३ गते प्रधानमन्त्री निर्वाचित भए यता शाहले कोही पनि विदेशी प्रतिनिधि तथा कूटनीतिज्ञसँग द्विपक्षीय भेटवार्ता गरेका थिएनन् । शाहले कान्डासँग भेटवार्ता गरेर आर्थीक र विकास कूटनीति आफ्नो प्राथमिकता भएको सन्देश दिन खोजेका हुन् । यसअघि कान्डाले सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्