Skip to content

प्रधानमन्त्रीलाई संसदमा बोलाउन हेल्लो सरकारमा निवेदन हाल्नुपर्ने हो ? : उपनेता अर्याल

काठमाडौं – नेकपा (एमाले) की उपनेता पद्मा अर्यालले प्रधानमन्त्रीलाई संसदमा बोलाउन हेल्लो सरकारमा निवेदन हाल्नुपर्ने हो भन्दै व्यङ्ग्य गरेकी छन् । ‘नेपालले पनि भारतको धेरै ठाउँमा जमिन मिचेको रहेछ’ भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिपछि प्रतिपक्षी दलहरूले संसदमा उनको अभिव्यक्ति सच्चिनुपर्ने भन्दै माग भए पनि प्रधानमन्त्रीले वास्ता नगरेपछि अर्यालले यस्तो व्यङ्ग्य गरेकी हुन् ।

आज संसद बैठमा बोल्दै अर्यालले हेल्लो सरकारमा आएका गुनासाको ६० प्रतिशत सुनुवाई सकिएकोमा सरकार रोमान्चित भइरहेको पनिब बताइन् । ‘प्रतिपक्षी सरकारलाई जवाफदेही बनाउन दिनपिच्छे आन्दोलनरत छ । सरकारको प्रतिवेदन भन्छ हेल्लो सरकारका ६० प्रतिशत सुनुवाई सकियो भनेर सरकार रोमान्चित भइरहेको छ । मलाई सोध्न मन लाग्छ के सम्माननीय प्रधानमन्त्रीज्यूलाई यो संसदमा उपस्थित बनाउनका निम्ति हामीले पनि हेल्लो सरकारमा निवेदन हाल्नुपर्ने होरु’, उनले भनिन् ।

सरकारले सुकुम्वासीको व्यवस्थापन भइरहेको भने पनि काठमाडौंका गल्ली र चोकचोकहरूमा उनीहरू अलपत्र रहेको अर्यालको भनाइ छ। उनले सरकार प्रश्नबाट भाग्ने प्रवृत्ति देखिन थालेको भन्दै चिन्तासमेत व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्