Skip to content

शिक्षण अस्पतालमा माजिद अन्सारीलाई भेटेपछि प्रदीप पाैडेलले के भने ?

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पाैडेल प्रहरीको कुटाइबाट घाइते भएका जेन–जी नेता माजिद अन्सारीलाई भेट्न शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् । हिजो सुकुम्बासीलाई राखिएको होल्डिङ सेन्टरमा जाने क्रममा प्रहरी धरपकडमा परेका अन्सारी घाइते भएका थिए । अस्पतालमा भेटका क्रममा माजिदले ‘मैले के अपराध गरेँ र मलाई यसो गरियो भनेर प्रश्न सोधेको पाैडेलले जानकारी दिएका छन् ।

‘उनी सरकारको भुईं मान्छेका प्रश्न दमन गर्ने रवैयाको शिकार भएका थिए, के सरकारले जे गरे पनि कसैले प्रश्न नगरोस् भन्ने चाहेको हो’, पाैडेलले सोधेका छन् । ‘लोकतन्त्रमा असहमति, आलोचना र प्रश्नहरू उत्तरदायित्व र सुशासनका आधार हुन्, शत्रु हैनन्’, महामन्त्री पाैडेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्