काठमाडौं – रास्वपाका सभापति रवि लामिछानेले मिडियाको गेटअघि गाडी तेर्स्याएको घटनाको छानबिन हुनुपर्ने बताएका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यो घटनालाई गम्भीरतापूर्वक लिएको बताए। यो गतिविधिमा पार्टीका नेता कार्यकर्ता संलग्न भए कारबाही गर्ने बताए । उनले भने, ‘पार्टीले भनिसक्यो। विज्ञप्ति निकाल्यो। सबैभन्दा पहिला हामीले नै भन्यौँ यो गलत चिज हो, यो हुनुहुँदैन। छानबिन हुनुपर्छ, कारबाही हुनुपर्छ भनेर हामीले भनेका छौँ र हामी त्यसमा अडिग छौँ।’
यो घटनालाई हेर्ने दृष्टिकोण पार्टीको स्पष्ट रहेको बताए । उनले थपे, ‘यो स्पष्ट दृष्टिकोणका साथ हामी यसैमा अडिग छौँ। तत्काललाई छोडियो कि, समाइयो कि, के मुद्दा लगाइयो कि, लागेन त्यो बेग्लै कुरा हो। जुन चिज देखियो, त्यो अस्वाभाविक भएको हुनाले यसप्रति पार्टीले जुन विज्ञप्ति मार्फत भनेको छ, पार्टी यसमा अडिग छ।’



प्रतिक्रिया दिनुहोस्