बुटवल – कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नं ३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कपिलवस्तु जिल्ला अदालतले बिहीबार कुटपिट आरोपमा सांसद शाहलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । शाहमाथि कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि आक्रमणको आरोप थियो ।
कपिलवस्तुको कृष्णनगरमा भएको सामूहिक आक्रमणमा सांसद शाह जोडिएको आरोपमा शाहविरुद्व जाहेरी दर्ता भएको थियो । कुटपिटको घटनामा शाहविरुद्ध मुद्दा दर्ता भएर कानुनी प्रक्रिया अघि बढेको कपिलवस्तु प्रहरीका सूचना अधिकारी डीएसपी रिपेन्द्रकुमार सिंहले बताए । यसअघि आक्रमणमा संलग्न व्यक्तिहरूविरुद्ध जाहेरी दिन जाँदा प्रहरीले आलटाल गरेको पीडित पक्षले गुनासो गरेका थिए ।
प्रतिनिधिसभा सदस्य शाह र कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाहसहित १५–२० जनाको समूह आफ्नो निवासमा प्रवेश गरेर अन्धाधुन्ध कुटपिट गरेको पीडित शर्माको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्