काठमाडौं – गोकर्णेश्वर नगरपालिका-८ माकलबारीमा एक युवतीले आत्मदाह प्रयास गरेकी छन् । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-३ घर भई माकलबारी बस्दै आएकी २७ वर्षीय सालु गुरुङले राति २ बजेर ५० मिनेट जाँदा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
प्रहरीका अनुसार गुरुङले आफ्नै खाजा पसलको पछाडिको पार्किङमा आत्मदाह प्रयास गरेको उनका श्रीमान्ले फेला पारेका थिए । घाइते अवस्थाकी श्रीमतीलाई श्रीमानले शुस्मा कोइराला मेमोरियल अस्पताल साखु पुर्याएका थिए । त्यहाँबाट थप उपचारका लागि कीर्तिपुरको बर्न अस्पतालमा रिफर भइसकेको एसपी भट्टराईले जानकारी दिए । गुरुङको शरीरको अनुहार, छाती र दुवै हातमा गरी अन्दाजी ५० प्रतिशत भाग जलेको छ । उनी हल्का बोल्न सक्ने अवस्थामा रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्