व्यवसायी शंकर अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अग्रवाललाई पक्राउ गरेको हो । एसएसपी अनुपम शम्शेर राणाका अनुसार उनलाई कर्जा दुरूपयोग गरेको कसुरमा पक्राउ गरिएको हो । अग्रवालविरूद्ध उच्च अदालत पाटनमा मुद्दा बुझाइसकेको छ । उनका छोरा सुलभ अग्रवाल, दिपक भट्टसहित जोडिएको मुद्दामा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई आजै अदालतमा उपस्थित समेत गराइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्