काठमाडौं – काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।
स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसको लागि दुस्ख हैरानी दिई सेवाग्राहीसँग घुसररिसवत माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । भट्टराईले स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसको लागि दुःख हैरानी दिई सेवाग्राहीसँग घुस र रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा टंगालबाट खटिई गएको टोलीले भट्टराईलाई सेवाग्राहीबाट २१ हजार घुस र रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित काठमाडौं महानगरपालिका वडा नं। ३० को वडा कार्यालयबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
उनीमाथि थप अनुसन्धान भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्