Skip to content

देउवा समूहले राष्ट्रिय भेलाका लागि १ सय ६५ क्षेत्रमा प्रतिनिधि खटाउने, कमान्डर तोक्न बाँकी

काठमाडौँ – नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठकले २९ साउनको राष्ट्रिय भेलालाई सफल बनाउन विभिन्न उपसमिति बनाउने भएको छ । त्यस्तै, केन्द्रीय मूल आयोजक समिति गठन गर्न र अन्य निर्णय लिन १४औँ महाधिवशेनबाट निर्वाचित केन्द्रीय कार्यसमिति वा कार्य सम्पादन समितिको बैठक बोलाउने निर्णय भएको नेता मीन विश्वकर्माले जानकारी दिए । भेलालाई सफल पार्न देशभर १ सय ६५ निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय शुक्रबार सम्पर्क कार्यालय चुनदेवीमा बसेको समूहको बैठकले गरेको छ । शुक्रबारको बैठकमा नेता शेखर कोइराला पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्