Skip to content

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

काठमाडौँ – भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष आफ्नो राजीनामा बुझाएका छन् । कक्रोच जनता पार्टी (सीजेपी) ले दिल्लीको जन्तरमन्तरमा उनीविरुद्ध करिब एक महिनादेखि विरोध प्रदर्शन गर्दै आएको छ ।

निट प्रश्नपत्र बाहिरिएको प्रकरणमा भारतका विभिन्न राज्यहरूमा शिक्षामन्त्री प्रधानले राजीनामा दिनुपर्ने माग अघि सारेर प्रदर्शन भइरहेको थियो । प्रधानले सामाजिक सञ्जाल एक्समा राजीनामाबारे जानकारी दिएका छन् । यद्यपि, त्यो अझै स्वीकृत हुन बाँकी छ । उनले ‘एक्स’मा लेखेका छन्, ‘जन्तरमन्तर र देशभर उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रविरोधी शक्तिहरूले यसको फाइदा नउठाऊन्, राष्ट्रिय एकता अक्षुण्ण रहोस्, कुनै पनि भारतीय विद्यार्थीको भविष्य कानुनी झमेलामा नफसोस् तथा हाम्रा बालबालिकाहरूले आफ्नो समय पढाइमा लगाई करियर निर्माणमा ध्यान केन्द्रित गरून् भन्ने उद्देश्यका साथ मैले सम्माननीय प्रधानमन्त्रीसमक्ष आफ्नो राजीनामा बुझाएको छु ।’ शिक्षामन्त्री प्रधानकाे राजीनामापछि कक्रोच जनता पार्टीका संस्थापक अभिजित दीपकेले भनेका छन्, ‘हामी सफल भयौं । धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् ।’

प्रतिक्रिया दिनुहोस्