काठमाडौं – धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे बस्ने डा. केसीका सहयोगी डा. अमृत जैसीले जानकारी दिए । आइतबार दिनभर भएको वार्ता निष्कर्षविहीन भएपछि आज पुनः सहमतिको प्रयास हुन लागेको हो ।
डा. केसीले अघि सारेका विभिन्न मागका विषयमा छलफल भए पनि सहमति जुट्न सकेको छैन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा धनगढी पुगेको सरकारी वार्ता टोलीले आइतबार बिहानदेखि वार्ता सुरु गरेको छ । डा. केसीले गेटा मेडिकल विश्वविद्यालयका पदाधिकारीले राजीनामा दिनुपर्ने, चिकित्सा शिक्षाको छात्रवृत्ति कोटा बढाउनुपर्नेलगायत माग राखेर बिहीबारदेखि धनगढीमा अनशनमा बसेका छन् ।



प्रतिक्रिया दिनुहोस्