Skip to content

आफूमाथि आक्रमण भए कडा प्रतिकार गर्ने इरानको चेतावनी, भन्याे– अमेरिकालाई सहयोग गर्ने राष्ट्र अछुतो रहने छैनन्

इरानले आफ्नो ऊर्जा पूर्वाधारमा अमेरिका र इजरायलले आक्रमण गरे कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । इरानी सैन्य अधिकारीहरूले अमेरिका क्षेत्रीय युद्धलाई थप चर्काउने प्रयासमा रहेको आरोप लगाउँदै अमेरिकीपक्षलाई सहयोग गर्ने मुलुकहरू पनि युद्धको असरबाट अछुतो नरहने बताएका छन् ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार अमेरिका र इजरायलले इरानका विद्युत् केन्द्र, पेट्रोकेमिकल उद्योगलगायत महत्त्वपूर्ण नागरिक पूर्वाधारमा आक्रमण गर्ने योजना बनाइरहेका छन् । यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम स्वीकृति भने दिइसकेका छैनन् ।

यता, इरानले सम्भावित अमेरिकी आक्रमणको जवाफस्वरूप अमेरिका र इजरायलसँग सम्बन्धित महत्त्वपूर्ण पूर्वाधारलाई निशाना बनाउने तयारी गरेको जनाएको छ । यसैबीच अमेरिका, इजरायल, इरान तथा क्षेत्रका विभिन्न देशहरूमा सैन्य कारबाही तीव्र बन्दै गएको छ । इरानले स्ट्रेट अफ होर्मुजलाई रणनीतिक रूपमा प्रयोग गर्ने संकेत दिँदै कूटनीतिक वार्ताको ढोका भने पूर्ण रूपमा बन्द नभएको जनाएको छ । पछिल्ला घटनाक्रमले मध्यपूर्वमा द्वन्द्व थप विस्तार हुने र विश्व ऊर्जा आपूर्तिमा गम्भीर असर पर्ने चिन्ता बढेको छ ।

प्रतिक्रिया दिनुहोस्