काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश सरकारका सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनलले वर्तमान परिस्थितिमा राप्रपा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल नहुने निर्णय गरेको जानकारी दिए । उनले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मिलेर प्रदेशमा सरकार गठन गर्नुपर्ने राप्रपाको धारणा रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्