Skip to content

ब्रोड पिक हिमालबाट निर्मल पुर्जासहित चार पर्वतारोहीको शव निकालियो

काठमाडौँ – पाकिस्तानको ब्रोड पिक हिमालबाट विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जासहित चार जनाको शव निकालिएको छ । पुर्जासहित झोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव उद्धार गरी बेस क्याम्पमा ल्याइएको एलिट एक्सपेडले जनाएको छ ।

कम्पनीले उद्धार टोलीको साहस र समर्पणप्रति गहिरो सम्मान व्यक्त गरेको छ । साथै पाकिस्तानी सेना, पाकिस्तान सरकार, स्थानीय प्रशासन, बेलायती उच्चायोग, नेपाली दूतावास, अल्पाइन क्लब अफ पाकिस्तान तथा अभियानमा सहयोग गर्ने सबै निकायप्रति आभार प्रकट गरेको छ । कम्पनीले पुर्जासहित उद्धार गरिएका सबैको शव अन्तिम संस्कारका लागि परिवारसम्म पुर्‍याइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्