काठमाडौँ – शेयरबजार परिसूचक नेप्सेमा सोमबार ९ अंकमाथिको गिरावट आएका छन् । आज नेप्से सूचक ९.०४ अंकले घट्दै २ हजार ६४१.०५ अंकमा झरेको हो । ९ अंकमाथिले सूचक घट्दा आज बजारमा ३ अर्ब ६७ करोड ४४ लाख १९ हजार रुपैयाँबराबरको १ करोड ९ लाख ६६ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको छ ।
आज बैंकिङ, डेभलपमेन्ट बैंक, फाइनान्स, होटल तथा पर्यटन, इन्भेस्टमेन्ट, लाइफ इन्स्योरेन्स, म्युचुअल फन्ड र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् । तर, हाइड्रोपावर, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स र नन् लाइफ इन्स्योरेन्स समूहको उपसूचक भने धनात्मक भएका छन् । आज १३ वटा कम्पनीको शेयरमूल्य घट्दा आज जम्मा ५९ वटा कम्पनीका मात्र मूल्य बढेका छन् ।



प्रतिक्रिया दिनुहोस्