Skip to content

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय सम्मेलनमा प्रतिवेदनमाथि उठेको प्रश्नको जवाफ दिइँदै

काठमाडौँ – नेपाली कांग्रेसको संस्थापनइतरको राष्ट्रिय सम्मेलनमा पेस भएका प्रतिवेदनमाथि प्रस्तुतकर्ताले जवाफ दिइरहेका छन् । पूर्वउपसभापति विमलेन्द्र निधिको राजनीतिक प्रतिवेदन र नेता एनपी साउदको समसामयिक राजनीतिक प्रतिवेदन, प्रकाशशरण महतको आर्थिक दृष्टिकोण, उमाकान्त चौधरीको सांगठनिक प्रस्ताव र रमेश लेखकको विधान संशोधनसम्बन्धी प्रस्तावको जवाफ दिइरहेका छन् ।

सुरुमा राष्ट्रिय भेला बोलाइए पनि ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको उपस्थिति भएको दाबीसहित भेलालाई सम्मेलनमा परिणत गरिएको थियो । भेलाले नीतिगत कुराहरू पारित गर्न नसक्ने भएकाले सम्मेलनको रूपमा परिणत गरिएको प्रचारप्रसार उपसमिति प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्