काठमाडौँ – सरकारले बजारमा ग्यासको आपूर्ति सहज हुँदै गइरहेको दाबी गरेको छ । मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले उद्योग मन्त्रालयले काम गरिरहेको बताए । उनले भने, ‘विभिन्न ठाउँमा सिलिन्डर वितरणको काम भइरहेको छ। कतिपय ठाउँमा चाहिने भन्दा बढी ग्यास राखिएका पनि अभाव देखिएको हो । मन्त्रालय यसप्रति संवेदनशील भएर काम गरिरहेको छ र आपूर्ति सहज हुँदै गइरहेको छ ।’
उनले प्रधानमन्त्री संसद्को प्रश्नोत्तर कार्यक्रममा समय आएपछि सहभागी हुने बताए । यस्तै, स्वास्थ्य क्षेत्रमा आइतबार ओपीडी नखुल्ने समेत जनाए ।



प्रतिक्रिया दिनुहोस्