Skip to content

आजको मौसम: तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार बिहान कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ । पछिल्लो एक घन्टामा वीरेन्द्रनगरमा ६.८ मिलिमिटर वर्षा मापन भएको छ । पछिल्लो चौबीस घन्टामा दैलेखको ग्वाटीमा १०२.८ मिलिमिटर, पर्वतको पचासेमा १०८.६ मिलिमिटर, सिन्धुपाल्चोकको तार्केघ्याङमा ७५.६ मिलिमिटर वर्षा मापन भएको छ ।

अन्य विभिन्न स्थानमा हल्कादेखि मध्यम र भारी वर्षा भएको छ । बिहीबार दिउँसो देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थान तथा मधेश प्रदेश साथै कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानमा दिउँसो मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहको छ ।

दिउँसो नै बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ |  बिहीबार राति देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षा हुने अनुमान छ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थान तथा मधेश प्रदेश साथै बागमती र गण्डकी प्रदेशको तराई भू-भागका थोरै स्थानमा राति पनि मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्