काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह आज मुस्ताङ जाँदै छन् । प्रधानमन्त्री कार्यालय स्रोतले शिलापत्रलाई दिएको जानकारीअनुसार उनी आज मुस्ताङ जाँदै छन् । यद्यपि, उनी कतिबेला त्यसतर्फ प्रस्थान गर्ने भन्नेबारे जानकारी दिइएको छैन । उनी पोखराहुँदै मुस्ताङ जान लागेका हुन् । प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलोपटक शाह मुस्ताङ जान लागेका हुन् । प्रधानमन्त्री शाहको मुस्ताङको कार्यक्रमबारे पनि बताइएको छैन ।



प्रतिक्रिया दिनुहोस्