काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रवक्तामा जगदीश खरेल मनोनीत भएका छन् । जेन–जी आन्दोलनपछि बनेको नागरिक सरकारमा सञ्चारमन्त्री भएका खरेल पछि रास्वपा प्रवेश गरेका थिए । २१ फागुनको चुनाव लडेर सांसद बनेका उनै खरेललाई रास्वपाले प्रवक्ता बनाएको हो । रास्वपाको केन्द्रीय समिति बैठकले कोषाध्यक्षमा डा मनोहर प्रधान, सहकोषाध्यक्ष बसुमाया तामाङ, सहमहामन्त्रीमा पुरुषोत्तम यादव, सहप्रवक्तामा ननिता यादव र सुरेन्द्र चौधरीलाई मनोनीत गरेको छ ।
यसैगरी बैठकले संगठन विभाग प्रमुखमा प्रमोद न्यौपानेलाई मनोनीत गरेको छ भने लिमा अधिकारीलाई अर्थ विभाग प्रमुखको जिम्मेवारी दिएको छ । यसैगरी सार्वजनिक सेवा तथा जनगुनासो विभाग प्रमुखमा विजय जैरु, जनस्वास्थ्य विभाग प्रमुखमा डा. तोसिमा कार्की, पूर्वाधार विभाग प्रमुखमा निशा डाँगी, अन्तर्राष्ट्रिय तथा कूटनीति विभाग प्रमुखमा शिशिर खनाललाई मनोनीत गरिएको छ ।
यस्तै केही नेताहरू केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । सुधन गुरुङ, भूपदेव शाह, सुनील लम्साल, प्रतिभा रावल, पुरुषोत्तम यादव, बसुमाया तामाङ, मनोहर प्रधान, सुरेन्द्र चौधरी भक्तबहादुर राई केन्द्रीय सदस्यमा मनोनीत भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्