Skip to content

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले पाए विश्वासको मत

काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत पाएका छन् । उनले आज प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्तावमा बहुमत सांसदहरूले समर्थन गरेका हुन् । बागमती प्रदेशमा १०४ जना सदस्य छन्। तीमध्ये आजको मतदानमा ५८ जना सहभागी थिए। मुख्यमन्त्रीको प्रस्तावको पक्षमा ५७ मत परेको छ र यो बहुमत हो । उनले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मत लिएका हुन्।

नेपाली कांग्रेसले भने प्रदेश सभा बहिष्कार गरेको थियो । नेकपा एमाले, नेकपा र राप्रपा मिलेर बागमतीमा सरकार बनाएका हुन् । राप्रपाभित्र विवादका बीच बागमतीमा नयाँ सरकार बनेको थियो। राप्रपाले संसदीय दल नेता थापासहित ४ सांसदलाई कारबाहीसमेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्