काठमाडौँ – नेपाली कांग्रेसकी सांसद सीता थपलिया उर्मिलाले रसुवा, नुवाकोट र धादिङमा बाढीका कारण उत्पन्न विपद्को अवस्थालाई गम्भीर रूपमा लिँदै तत्काल उद्धार कार्य तीव्र बनाउन सरकारसँग माग गरेकी छन् । बुधबार बसेको संसद् बैठकमा बोल्दै सांसद थपलियाले रसुवागढीबाट आएको बाढीले रसुवा, नुवाकोट हुँदै धादिङका विभिन्न क्षेत्रमा ठूलो भौतिक क्षति पुर्याएको बताइन्। उनका अनुसार धादिङमा त्रिशूली नदीमाथिका अधिकांश पक्की पुल बगाउनुका साथै नदी तटीय क्षेत्रका घरहरूमा समेत ठूलो क्षति पुगेको छ।
पूर्णपाठ
सम्माननीय सभामुख महोदय, आज प्राकृतिक प्रकोपको कारणले देश शोकमा छ । एकदमै गम्भीर अवस्थामा पुगेको छ। रसुवागढीबाट छिरेको बाढी नुवाकोट, रसुवा हुँदै धादिङको विभिन्न क्षेत्रमा धेरै भौतिक क्षति भएको हामीले प्राप्त गरेका छौँ । धादिङमा त्रिशुली नदीमाथि रहेका अधिकांश पक्की पुलहरू अहिले छैनन् र तटीय क्षेत्रमा रहेका घरहरू पनि सबै बगाएका छन् । मानव क्षति अहिलेसम्म त्यस्तो देखिन आएको छैन । तत्काल म सरकारलाई दुई हात जोडेर विनम्र अनुरोध के गर्न चाहन्छु भने, तत्काल यी क्षेत्रहरूमा उद्धार कार्य, पहिला मानव उद्धारको कार्य सम्पन्न गर्न अनुरोध गर्दछु। भर्खरै हामी विपद् क्षेत्रका माननीयहरूलाई प्रधानमन्त्री ज्युले बोलाउनुभएको थियो, त्यहाँ पनि छलफल भएको थियो। उहाँहरूले भन्नुभएको छ प्रधानमन्त्री ज्युले, ‘तत्काल हामीले केही हेलिकप्टरहरू पठाएका छौँ, उद्धार कार्यमा जुटिरहेको छ’ भन्नुभएको छ ।
तर पनि विभिन्न ठाउँमा उद्धार कार्य सम्पन्न गर्न सकेको छैन, हेलिकप्टर बस्न सकेका छैनन् । मान्छेहरू हारगुहार गरिरहेका छन्, ‘बचाउ बचाउ’ भनिरहेको अहिले भर्खर एउटा रसुवामा देख्न सकिन्छ भिडियो, यहाँहरूले पनि हेर्न सक्नुहुनेछ । यसलाई तीव्र गतिमा राहत भन्दा पनि पहिला उद्धार गरेर राहतका प्याकेजहरू ल्याउन जरुरी छ। अहिले राष्ट्रिय विपद् सरकारले तत्काल घोषणा गरियोस् । अहिले हाम्रो धादिङ क्षेत्रमा चाहिँ मानवीय क्षति हुन नसकेको कारण चाहिँ नभएको कारण चाहिँ त्यहाँ चाहिँ गाडीहरूको पठाउन रोकिएका थियो, त्यसकारणले हो। र अहिले उद्धार कार्यमा जुन प्रहरी, प्रशासनहरू अलिकति कम उपस्थिति भएकोले यहाँ आर्मी, प्रशासनहरूलाई चाहिँ यहाँहरूले रुलिङ गरेर धादिङ, रसुवा, नुवाकोटमा तत्काल अलिकति बढाएर पठाउनुहुन अनुरोध गर्दछु। न्यून संख्यामा उहाँहरू हुनुहुन्छ । र अर्को कुरा, हाम्रो धादिङ जिल्लाबाट गोसाइँकुण्ड गएको बस ९:१५ बजे बेत्रावती पुगेको जानकारी आएको थियो । त्यसपछि उक्त बस आजसम्म, अहिलेसम्म सम्पर्कमा छैन । यदि रसुवाका, कहीँ नुवाकोटका कसैले यो बस देख्नुभएको छ भने जानकारी गराइदिनुहुन अनुरोध पनि गर्दछु ।
वास्तवमा भन्ने हो भने नागरिक जीवन पहिलो, सरकारको रक्षा… नागरिक जीवनको रक्षा गर्नु सरकारको पहिलो दायित्व हो । यो दायित्वमा जुट्न हामी सबैजना एकजुट भएर लाग्यौँ भने मात्रै सम्भव छ । यसलाई तुरुन्त विपद्को व्यवस्थापन गर्न अनुरोध गर्दछु। गृहमन्त्रीसँग पनि बारम्बार कुराकानी भइरहेको छ । हेलिकप्टरको लागि उहाँले पनि सक्दो प्रयास गरिरहेको छु भन्नुभएको छ । यो विपद् संकट… विपद्को बेलामा हामी सबै एकजुट भएर चाहिँ काम गर्न सक्यौँ भने सम्भव छ । मन काँपिरहेको छ । एकदमै दुःख लागिरहेको छ। कुरा बोल्न धेरै आइरहेको पनि छैन । धन्यवाद, जय नेपाल।



प्रतिक्रिया दिनुहोस्